प्राइम खबर संबाददाता | साउन ९, २०८० मंगलबार

रौतहट जिल्लाको सदरमुकाम गौरमा विभिन्न ६ राजनीतिक पार्टी सम्मिलित दलले बृहत विरोध प्रदर्शन गरेका छन् । बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी लगायतका राजनीतिक पार्टीले संयुक्त रूपमा र्याली निकालेर विरोध प्रदर्शन गरेका हुन । रौतहट जिल्लाको विभिन्न कालखण्डमा भएका हत्या काण्डमा सम्मिलित भएको आरोप लगाउँदै सांसद प्रभु साह माथि छानबिनको माग गर्दै विरोध प्रदर्शन गरिएको जसपा रौतहटका नेता योगेन्द्र राय यादवले बताए ।


ठूलो संख्यामा उपस्थित रहेका पार्टीका कार्यकर्ताहरु गौर स्थित राइस मिलदेखि चर्को नाराबाजी गर्दै विपी चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाउँदै ६ दलका नेताहरुले २०६३ साल चैत्र ७ गते भएको गौर घटनाको मुख्य दोषी प्रभु साह भएको भन्दै सो विषयमा निष्पक्ष छानबिन गरी मानव अधिकार आयोग लगायतका टोलीले तयार पारेको प्रतिवेदनमा समेत दोषी करार गरेका हरुलाई कानुनको दायरामा ल्याउन माग गरिएको छ । साथै पर्सा वीरगञ्जका तत्कालीन हिन्दूबादी नेता काशीनाथ तिवारीको हत्यामा संलग्न रहेको आरोपमा प्रभु साहलाई पक्राउ गर्न माग गर्दै गौरमा ६ दलले विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका हुन् ।



हातमा प्लेकार्ड सहित उपस्थित हजारौँको संख्यामा उपस्थित प्रदर्शनकारीहरुले सांसद एबम् आम जनता पार्टी अध्यक्ष प्रभु साहको चर्को बिरोध गरेका छन्। नगर परिक्रमा गरी ज्ञापन पत्र बुझाए आएको र्याली कोणसभामा परिणत भएको थियो । जिल्ला अदालत अगाडि भएको कोणसभालाई ६ दलका नेताहरुले सम्बोधन गरेका थिए। संविधानको क्रममा नेपाली कांग्रेसले का जिल्ला सभापति सुनिल यादव, जसपा नेता योगेन्द्र यादव, नेकपा ए एस का नेता बृज कुमार यादव लगायतले प्रभु साहको आतंकका कारण जिल्लामा धेरै घटनाहरू भएको र त्यसको मुख्य योजनाकार नेता साह नै रहेको कारण घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकार समक्ष अनुरोध समेत गरेका छन् ।