प्राइम खबर संबाददाता | साउन १३, २०८० शनिबार

झण्डै १७ वर्ष अघि भएको गौर हत्याकाण्डको छानविनको माग गर्दै पिडित परिवारले शनिबारदेखि धर्ना थालेका छन् । आम जनता पार्टी नेतृत्वको अगुवाइमा धर्ना लगायतको विभिन्न कार्यक्रमहरु अन्तर्गत धर्ना सुरु भएको बताइएको छ ।  गौर हत्या काण्ड पिडित संघर्स समितिको ब्यानरमा रौतहटको चन्द्रनिगाहपुरमा उनीहरुले धर्ना दिएका हुन ।
आम जनता पार्टीको सहयोगमा उनीहरुले शनिबारबाट धर्ना कार्यक्रम थालेको सो पार्टीका बरिष्ठ उपाध्यक्ष बद्री न्यौपानेले बताए । गौर हत्याकाण्डको निष्पक्ष छानबिनको माग राख्दै ६ दलीय मोर्चाले २ दिन अघि सदरमुकाम गौरमा प्रदर्शन सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाई ज्ञापन पत्र पठाएको थियो ।  यद्यपि ६ दलीय राजनीतिक पार्टीको गठबन्धनमा  आफ्नो पार्टीको संलग्नता नरहेको भन्दै २ दिन पश्चात माओवादी केन्द्र र जनमतले छुट्टा छुट्टै  विज्ञप्ती जारी गरेका थिए ।