प्राइम खबर संबाददाता | साउन १९, २०८० शुक्रबार
रौतहट स्थित चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुल्ला गरेको छ ।
नगरपालिकाको आवश्यकता महसुस गरी तत्कालका लागि १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।
नगर प्रहरी नायब निरिक्षक १ जना,नगर प्रहरी सहायक निरिक्षक १ जना,नगर प्रहरी हबलदार २ जना गरी १६ जना नगर प्रहरी जवानको आबेदन खुलेको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारीले बताए । नगरपालिकाले नगर प्रहरीका पदहरुले उपलब्ध गराउने सेवा अर्को व्यवस्था नभए सम्म खुल्ला प्रतिस्पर्धाद्धारा करार सेवाबाट गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरुबाट तोकीएको ढाँचामा आबेदन दिन सकिने चन्द्रपुर नगरपालिकाले जनाएको छ।
प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र स्वयंम उपस्थित भई रितपूर्वक दरखास्त फारम भरी नगर कार्यपालिकाको कार्यालयमा पेश गर्नु सम्बन्धित सबैको जानकारीको लागि नगरपालिकाले एक सुचना जारी गरेको छ । निवर्तमान नगर प्रमुख रामचन्द्र चौधरीको पालामा नगरपालिकाले १२ जना नगर प्रहरीको लागि विज्ञापन खुलाएको थियो । त्यसताका आवेदन दिनेको संख्या धेरै र माग संख्या कम भएको हुँदा प्रक्रिया नै स्थगित गरिएको थियो । हाल आएर नगरपालिकाले पुनः नगर प्रहरीको आबेदन मागेको हो । नगरपालिकाको आवश्यकतालाइ मध्यनजर गदै नगर प्रहरी माग गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले प्राइम खबरलाई बताए । नगरका कतिपय कुराहरुको ब्यबस्थापन तथा सुरक्षाको लागी नगर प्रहरी अपरिहार्य भएको हुदा नगरपालिका नगर प्रहरीको ब्यबस्थापनमा जुटेको नगर प्रमुख काफले बताउँछन् । विगतको नजिरलाई समेत मध्यनजर गर्दै यसपटक भने चन्द्रपुरले योग्य र सक्षम नगर प्रहरी पाउने कुरामा दुईमत नरहेको बताउदै नगर प्रहरी भर्नाको विषय टुंगो लगाएर छाड्ने उनले बताए।