प्राइम खबर संबाददाता | साउन २२, २०८० सोमबार

पछिल्लो समय रौतहटको वनमा काठ चोरी तस्करी रोकिएको छैन् । पहिला टायर गाडा तथा साइकलमा हुने काठ तस्करी यतिबेला मोटरसाइकल तथा पिकअप भ्यानमा हुने गरेको छ । 


रौतहटको वन क्षेत्रबाट अबैध रुपमा सालको काठ चोरी निकासी गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र डिभिजन बन कार्यालय रौतहटको  वनगस्तिको संयुक्त  टोलिले  पिकअप भ्यानसहित चार थान सालका गोलिया ५६ दशमलब ४४ क्युबफिट काठ बरामद गरेको हो ।



 आइतबार गैडाटार वन क्षेत्रबाट तस्करले बा.६ च. ४६०२ नम्बरको पिकअप भ्यानमा सालको गोलिया लोड गरेर लगिरहेको अवस्थामा प्रहरी र वन गस्ती टोलीले सो पिकअप भ्यानसहित उक्त परिमाणको काठ  बरामद गर्न सफल भएको  डिभिजन वन कार्यालय रौतहटले बताएको छ । 
 गस्ती टोलिलाई देखेर गाडी चालक फरार भएका छन्  भने, सोही गाडीमा सवार अरबिन्द चौधरीलाई पक्राउ गरेको छ । 
पक्राउ परेका चौधरीको बतन अनुसन्धान पश्चात थाहा हुने हुदा सो बिषयमा अनुसन्धान भईरहेको  डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कुमार कर्णले बताउछन्  ।  



बरामद गरिएको पिकअप गाडी सहितको बरामद काठ र पक्राउ परेका चौधरीलाई वन कार्यालयको हिरासतमा राखेर आवश्यक थप अनुसन्धान भईरहेको कर्णले जनाए ।