प्राइम खबर संबाददाता | साउन २४, २०८० बुधबार
प्रतिनिधि सभाको बैठक स्थगित् भएको छ । सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानविन समितिको मागबाट ब्याक नभएपछि संसद् अवरोध नहटेको हो । सभामुखले समय दिएपछि बोलेका एमाले सांसद थापाले हिजो गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त घटनाको तथ्यलाई ढाकछोप गर्ने गरी जवाफ दिएको बताए । गृहमन्त्रीले तस्करीको संरक्षण हुने गरी जवाफ दिएको उनले आरोप लगाए । त्यसपछि एमाले सांसदहरुले नाराबाजी गर्दै बेल घेराउ गरेका थिए । एमालेका सांसदहरुले नाराबाजी र बेल घेराउ कार्य जारी राखेपछि सभामुख घिमिरे आजको लागि निर्धारित कार्यसूचिका कार्यक्रम सूचीबाट हटाएको जानकारी गराउँदै साउन २६ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी गराए ।