प्राइम खबर संबाददाता | साउन २५, २०८० बिहिबार

पोखरामा सुन जस्तो देखिने करिव २४ तोला पहेलो धातुसहित एक महिला पक्राउ परेकी छिन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट पोखरा आएको बसलाई पृथ्वीचोकमा चेकजाँच गर्ने क्रममा कल्पना गुरुङलाई सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ गरेको हो ।


वडा प्रहरी कार्यालय बैदामका डिएसपी बेद जोशीका अनुसार बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित गुरुङलाई पक्राउ परेकी हुन । गुरुङका साथबाट बरामद भएको सुन जस्तै देखिने धातु २८० ग्राम २९ मिलीग्राम रहेको जसमा सुन नै प्रमाणित भए करिव २४ तोला रहेको डिएसपी जोशीले बताए । झापाको बिर्तामोड घर भएकी गुरुङ काठमाडौं बस्दै आएको र आज बिहान काठमाडौंबाट पोखरा आएको प्रहरीले जनाएको छ ।



प्रहरीले पक्राउ परेकी महिलाको साथबाट बरामद गरिएको सुन जस्तो देखिने पहेलो धातु भएकाले परिक्षण गर्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।