प्राइम खबर संबाददाता | साउन २५, २०८० बिहिबार

रौतहट स्थित चन्द्रपुर नगरपालिकाले लामखुट्टे नियन्त्रणको लागि  कीटनाशक औषधि छर्कने भएको छ । 


गर्मी बढेसँगै केही दिनको अविरल वर्षात पश्चात बढ्दो लामखुट्टेको संख्यामा उल्लेख्य मात्रामा वृद्धि हुँदा स्थानीयहरू समस्यामा परेका छन् । पालिकाको शहरी क्षेत्र  लगायत ग्रामिण बस्तीहरूमा समेत लामखुट्टेको चाप बढेको हुँदा त्यसको टोकाईबाट हुने विभिन्न रोगहरूको जोखिम बढेको स्थानीय सुधीर घिमिरे बताउँछन् । 



लामखुट्टेको टोकाईबाट बच्न नगरपालिकाका प्रमुख सञ्जय कुमार काफ्लेले १० वटै वडामा सो कीटनाशक औषधि छर्कने व्यवस्था मिलाएका हुन्  । जिल्लाबाट औषधि आउन ढिलाइ हुने संकेत आफूहरुले पाएको हुँदा नगर प्रमुख काफ्लेको पहलमा पथलैया स्थित केन्द्रीय मेडिकल स्टोर बाट दशै वडाको लागि नगरको सुरक्षा प्रति गम्भीर भई सो औषधि उपलब्ध गराएको चन्द्रपुरका जनस्वास्थ्य सह संयोजक मातृका प्रसाद चालिसेले बताएका छन् ।