प्राइम खबर संबाददाता | साउन २६, २०८० शुक्रबार
समाचार लेखेकै भरमा पत्रकारमाथि धम्की दिए पश्चात नेपाल पत्रकार महासंघ रौतहटले समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की नदिन चेतावनी दिएको छ । जनता टेलिभिजन रौतहट समाचारदाता प्रेम यादवलाई प्रादेशिक अस्पताल गौरका व्यवस्थापन समितिका अध्यक्ष मो.अहमद अनवर हासमी ले समाचारको बिषयलाई लिएर धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ रौतहटले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल पत्रकार महासघ रौतहटका सचिव धनन्जय ठाकुर उर्फ मदनले समाचारको बिषयमा चित्त नबुझे नियमनकारी निकाय प्रेस काउन्सिल ,सम्मानित अदालतमा जानुको साटो पत्रकार लाई फोनमा धम्की दिने कार्य निन्दनीय भएको र पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न समेत सुरक्षा निकायसंग आग्रह गरेकाछन । पत्रकार यादवले सो अस्पतालमा सेवाग्राहीले भोग्दै आएको समस्या र बेथितिको बिरुद्द आवाज उठाउँदै आएका थिए।