प्राइम खबर संबाददाता | भदौ १५, २०८० शुक्रबार

जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटको आयोजनामा जिल्लाको वृहत विस्तारीत बैठक सम्बन्धि आयोजना भेला जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको  छ । जनता समाजवादी पार्टी रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षता पदाधिकारी बैठक सम्पन्न भएको बताइएको छ।
 जसपा पदाधिकारी बैठकले मधेस प्रदेशको ८ वटा जिल्लामा  वृहत विस्तारीत बैठक आगामी आईतबार गरिने निर्णय गरेको छ।  
 रौतहट जिल्ला इंचार्जको रुपमा रहेका रामबशिष्ट यादवलाई सर्लाही जिल्लाको इंचार्जको थप जिमेवारी प्रदान गरिएको बताइएको छ ।  साथै सो विस्तारीत बैठकबाट  संगठन विभाग सद्स्यमा अनवर हासमी, दलित संगठनको सदस्यमा पुनीत राम र प्रचार प्रसार संगठनको सदस्यमामा राजकुमार दासलाई प दाधिकारी बैठकले  थप जिम्मेवारी दिएको छ । जिल्ला अध्यक्ष यादवले जीमेवारी पाउनेहरुलाई टिकामाला लगाई  स्वागत समेत गरेका छन् । सो बैठक कार्यक्रममा प्रदेश सांसद सोभा साह, प्रदेश सदस्य अनिल कुमार यादव, प्रदेश सचिव पुनीत राम, गुजारा नगरपालिकाका प्रमुख संतलाल चौधरी, संघीय परिषद सदस्य धीरेन्द्र यादव, जिला उपाध्यक्ष अमृत चौधरीको उपस्थिति रहेको थियो ।