प्राइम खबर संबाददाता | भदौ २१, २०८० बिहिबार

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगी संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले बताए ।


रिजाल डेंगी संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् ।



नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । दोश्रोपटक वडा अध्यक्षमा निर्वाचित रिजाल काठमाडौं क्षेत्र नम्बर-७ का सभापतिसमेत हुन् ।