प्राइम खबर संबाददाता | असोज ३, २०८० बुधबार
बिहीबार देखी काठमाडौंमा हुने चौथो खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन चन्द्रपुर नगरपालिका वडा नम्वर १ बाट जाने खेलाडीलाई चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले खेल सामग्री वितरण गरेका छन् । रौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर बिहीबार नगरपालिका कार्यालय परिसरमा तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट वितरण गरेको हो ।
चन्द्रपु्र नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख काफलेले ति खेलाडीहरुलाइ विदाई समेत गरेका छन । खेलाडीहरुलाइ खेल प्रति हौसला बढाउने उदेश्यले प्रतियोगितामा खेल्न जाने खेलाडी तथा कोचलाई ट्रयाकसुट ,तथा भाडा समेत हस्तान्तरण गरेको नगर प्रमुख काफलेले बताए ।
आफनो नगर भित्रका बिभिन्न खेलहरु प्रति खेलाडीहरुको हौसला बढाउन नगरपालिकाले सहयोग गदै आएको र सोही अनुसार सहयोग गरेको नगर प्रमुख काफलेले बताएका छन ।
तेक्वान्डोका १३ जना खेलाडी र २ जना प्रशिक्षकलाइ ट्रयाकसुट र नगद सहयोग गरेको चन्द्रपुर नगरपालिका वडानं १ का वडा अध्यक्ष बलराम राउतले बताएका छन् ।
उक्त प्रतियोगितामा रौतहटबाट बिबस राना,सबिना गोले,अनमोल सोराली,आसा थापा,सुसान्त कटुवाल लगायतका १६ जना खेलाडीले भाग लिने सहायक प्रशिक्षक रेबेन्द्र दाहालले जानकारी दिएका छन । भोली देखी हुने सो प्रतियोगितामा नेपाल सहित बिभिन्न १० वटा देशका खेलाडीले भाग लिने उनले बताए ।
कार्यक्रममा नगर प्रमुख काफ्ले र वडा अध्यक्ष राउतले जिल्लाबाट प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडीहरुलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन्।