प्राइम खबर संबाददाता | असोज ३, २०८० बुधबार

संबिधान दिवस २०८० का अवसरमाा नेपाली काग्रेस चन्द्रपुर नगर समितिले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । 


बुधबार कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका महासमिति सदस्य एबम्  रौतहट क्षेत्र नं ४ का संघिय सांसद देव प्रसाद तिमल्सिनाले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका हुन । नेपाली कांग्रेसको नेतृत्वमा बनेको नेपालको संविधान २०७२ संसारकै सबै भन्दा उत्कृष्ट संविधान रहेको हुँदा सो संविधानको रक्षा गर्न नेपाली जनताको दायित्व रहेको उनले बताए ।



 नेपाली काग्रेस चन्द्रपुर नगर समिति सभापति मुकेश गिरीको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काग्रेसका विभिन्न तह र तप्काका स्थानीय नेताहरूको सहभागीता रहेको थियो ।