प्राइम खबर संबाददाता | असोज ४, २०८० बिहिबार

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ को भुमिहिन दलित, भुमीहिन सुकुम्बासी र अब्यबस्थीत जमिनको नाँप जाँच सुरु गरिएको छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले सोमबार सो कार्यको शुभारम्भ गरेका हुन् । चन्द्रपुर नगरपालिका वडा नं. १ बाग्मतीबाट जग्गाको नाँप जाँच सुरु गरिएको छ ।


सो कार्यक्रममा बोल्दै नगर प्रमुख काफ्लेले सार्वजनिक जग्गाको संरक्षण र भूमिहिन तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न स्थानीय सरकारले पहिलो प्राथमिकता रहेको बताए । अब्यवस्थित रुपमा लामो समय देखि भोगचलन गर्दै आएका त्यहाँका नागरिकलाई व्यवस्थित गर्न नगर पालिका प्रतिबद्ध रहेको उनले  बताए । नगरपालिकाको दश वटै वडामा भुमिहिन दलित, भुमीहिन सुकुम्बासी र अब्यवस्थीत जमिनको नाँप जाँच काम भएको नगर प्रमुख काफ्लेले बताए  ।



चन्द्रपुर नगरपालिका वडा नं. १ का अध्यक्ष बलराम राउतले सरोकारबाला निकायको उपस्थितीमा सो कार्यको शुभारम्म गरिएको जानकारी दिएका छन् । उक्त वडाभित्र १ हजार ६२३ घरधुरी रहेकोमा १ हजार ४६२ भुमिहिन दलित, भुमीहिन सुकुम्बासी र अब्यबस्थीत रहेको वडा अध्यक्ष राउतले बताए । उनका अनुसार १हजार२ सय २७ अव्यवस्थित र अन्य भुमिहिन र दलित रहेका छन्  । नापी कार्यालयका अमिनहरुले भुमिहिन दलित, भुमीहिन सुकुम्बासी र अब्यबस्थीत जमिनको नाँप जाँच गर्ने छन् । उक्त कार्यक्रममा स्थानीय वडा नम्बर एकका जनप्रतिनिधिहरु, विभिन्न राजनितिक दलका नेता कार्यकर्ता, स्थानिय सरोकारवाला निकाय , सो कार्य गर्नका लागि बनेको सहजिकरण समतिका सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।



डिभिजन वन कार्यालय, भुमि आयोग, प्रशासन लगायतका निकायसंग असोज ४ गते छलफल तथा अन्तरक्रिया गरेपछि अन्य प्रक्रिया अघि बढ्ने वडा अध्यक्ष राउतले जानकारी दिए । सो छलफलबाट सर्वदलिय कमिटि बन्ने र समस्या आएमा सामधान गर्ने उनले बताए । स्थानिय तह मार्फत भुमिहिन दलित, भुमीहिन सुकुम्बासी र अब्यबस्थीत जमिनको नाँप जाँच जिल्लाका विभिन्न पलिकहरुमा  सुरु गरिएको राष्ट्रिय भुमी आयोग रौतहटका अध्यक्ष लक्ष्मण रेग्मीले बताएका छन् ।