प्राइम खबर संबाददाता | असोज ४, २०८० बिहिबार
रौतहट। चन्द्रपुर नगरपालिका कृषि शाखाले ५०% अनुदानमा किसानलाई उपलब्ध गराएको धानको बीउ नक्कली परेर ठगिएपछि यहाँका किसान मार्कामा परेका छन् ।
सर्यान ( मंसिरमा पाक्ने ) भनेर प्रति किलो ७० तोकिएको मा ५०% अनुदान छूट भनेर प्रति किलो रु.३५ रुपैयाँ तिरेर लिएको सावा धानको बीउ भदैया(भदौ असोजमा पाक्ने ) परेपछि किसानलाई धान कसरी भित्र्याउने भन्ने चिन्ताले सताएको छ । असोजमा खेतमा पानी नसुक्ने भएकाले धान काटेर निन सुकाउन नमिल्ने बाटो नभएको खेतबाट फसल ढुवानी गर्न समस्या हुने ,उत्पादन कमि हुने र मूल्य पनि कम हुने भएकालेे किसान ठगिएका हुन ।
यस्तो नक्कली बीउ बिक्री गर्ने कम्पनी ,प्रमाणिकरण गर्ने निकायले कार्वाहीको भागिदार हुनुपर्ने स्थानियले बताएका छन्। चन्द्रपुर कृषि शाखाले गरेको अत्याचारको बिरुद्द पीडित किसानहरूले आवाज उठाउँदै स्थानीय सरकार चन्द्रपुर नगरपालिकाले यसबारे तुरुन्त कदम चालि पीडित किसानलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।