प्राइम खबर संबाददाता | असोज १७, २०८० बुधबार
रौतहटमा स्थानीयबासीले बागमती नदिका दर्जनौं स्थानमा बिद्युतिय करेन्टको प्रयोग गरी माछा मार्ने गरिएपछि नदिमा माछा मासिन थालेका छन् । करेन्ट लगाएर माछा मार्ने कार्य नरोकिदा बागमतीमा नदिमा माछा मासिन थालेका हुन । यहाका बागमति रं बकैया नदि मात्र वर्षभरि नै पानी बहने नदि हुन ।
करेन्टकाे प्रयोग बढिजसो बागमतीमा हुने गरेको छ । ब्याट्री, तार र ईन्भर्टरको सहायताले बागमती माछा मार्ने क्रम दिन प्रतिदिन बढेसंगै यस नदिमा माछा सखाप हुदै गएका छन् । करेन्ट लगाएर माछा मार्नु कानुन विपरित मानिन्छ । तर, करेन्ट लगाउनेलाई रोकतोक भने नरहेको पौराईका स्थानीय देवी सापकोटाले बताए । नदिमा विद्युतिय करेन्ट प्रवाह भएको नांगो तारले माछालाई छोएपछि माछा बेहोस भएर पल्टिने गर्छ । त्यसपछि माछा टिप्न सजिलो हुने उनले बताए। स्थानीय प्रहरीले जतिसुकै प्रतिबन्ध लगाएपनि माछा मार्ने माझी एवं मलहाहरुले आँखा छल्दै विगतदेखि नै विभिन्न स्थानहरू भएर बहने बागमति नदिमा विभिन्न स्थानमा माछा मार्ने क्रम नरोकिएको त्यस क्षेत्रका बासिन्दाले बताएका छन् ।
बागमति नदिमा बिद्युतिय करेन्ट प्रयोग गरी माछा मार्ने कार्य बढ्दै जादा हिजो आज नदिमा माछा पाउन छाडेको चन्द्रपुर एकका वडा सदस्य हरी बहादुर वाइबा बताउँछन् । खोलामा करेन्टको प्रयोगले माछाको प्रजना क्षमता हराउनुका साथै बृद्धि विकासमै अवरोध आउने गरेको छ । करेन्ट लागेको माछामा प्रजनन क्षमता हराउएको र तौलसमेत नबढेको पाइएको वाइबाले बताए । बागमती नदि किनारका सुरक्षाकर्मिले बिहान देखि नदिमा निगरानी राख्दै आएको भएपनि आँखा छल्दै माछा मार्ने गरेको पाइन्छ । चन्द्रपुर नगरपालिकाले भने बागमति नदिमा माछा मार्ने प्रयोजनको लागि बागमति नदिमा माछा मार्ने ठेक्का लगाएको छैन । नगरपालिका समेत संरक्षणमा लागेको अवस्थामा यसरी करेन्ट प्रयोग गर्नु नियम विपरीत हुने जानकारहरु बताउँछन् ।
नदिमा करेन्ट प्रयोग गरेर माछा मारिन थालेपछि भुरा मासिने स्थानीयबासिन्दाको भनाई छ । विगतमा पनि बागमतिका स्थानियवासीले करेन्टको प्रयोग रोक्न प्रहरीसमक्ष लिखित निर्णय सहितको पत्र दिएका थिए । जलचर संरक्षण ऐन २०१७ को दफा तीनमा बिस्फोटक पदार्थ, बिषालु पदार्थ र बिद्युत्तिय धारको प्रयोग गर्न नदिमा प्रतिबन्ध छ । जलचर संरक्षण ऐन २०१७ र संरक्षण आदेश २०५९ ले नदि, खोला, तालमा माछा मार्न वा पक्रन प्रतिबन्ध लगाएको छ ।