प्राइम खबर संबाददाता | असोज १६, २०८० मंगलबार

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित भएको छ । आज मंगलबार दिउँसो ३ बजेबाट मनोनयन उम्मेदवारी फाराम वितरण र दर्ता हुने तालिका थियो । तर, क्लस्टरमा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया आज स्थगित भएको हो  । क्लष्टरमा कुरा नमिल्दा उक्त समय साझ ५ बजेका लागि सारिएको थियो । उक्त समयमा पनि नटुंगिएपछी उम्मेदवारी दर्ता बुधबारका लागि सारिएको हो । उम्मेदवारहरुको क्लस्टर मिलाउनुपर्ने भएको हुँदा मनोनयनका लागि बुधबारको समय दिने निर्वाचन कमिटीले जनाएको छ ।


अब भोलि बिहान ७ बजेदेखि निर्वाचन प्रक्रिया सुरु गरिने कमिटीले बताएको छ । प्रदेश कमिटीमा जनजाति, महिला, जिल्ला, युवा र दलित लगायतका लागि क्लसटर मिलाउनुपर्ने भएको हुँदा मनोनयनको समय सारिएको हो ।



प्रदेशका ११ जिल्ला र जनसंगठनबाटगरी ९ सय ७ जना प्रतिनिधि छन् । उनीहरुले १ सय ६५ सदस्य नयाँ कार्यसमिति चयन गर्ने छन् ।