प्राइम खबर संबाददाता | असोज १८, २०८० बिहिबार
नेकपा एमालेले मधेशमा गत आम निर्वाचनका चर्चित अनुहारहरुलाई धमाधम पार्टी प्रवेश गराउन थालेको छ । मधेशको राजधानी जनकपुरधाममा असोज २४ र २५ गते मधेशको पहिलो अधिवेशनको तयारी समेत गरिरहेको एमालेले गत उप निर्वाचनमा बारा २ बाट उपेन्द्र यादव विरुद्व लडेका जनमतका चर्चित उम्मेदवार शिवचन्द्र पार्टी कुशवाहालाई प्रवेश गराएको छ ।
काठमाण्डौंको पार्टी मुख्यालयमा कुशवाहा एमाले अध्यक्ष ओलीको हातबाट पार्टी प्रवेश गरेका हुन । त्यस क्षेत्रमा पटक पटक प्रतिनिधीसभा सदस्यमा चुनाव लडेका कुशवाहा उप निर्वाचनमा चर्चामा रहे । उपेन्द्र यादवसंग पराजित भएका उनी केहि दिन आफनै पार्टी निर्माणका लागि प्रयास गरेपनि अन्ततस् एमाले रोजेका छन् । उनलाई सो क्षेत्रबाट पुन: चुनाव लडाउने गरि पार्टी प्रवेश गराईएको बताइन्छ ।
चुनावको परिणाम पछि कुशवाहा आफुलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले धोका दिएको र नियोजित रुपमा चुनाव जिताउने भन्दा पनि पार्टीको प्रचार र संगठनका लागि मात्र काम गरेको आरोप लगाउदै जनमत परित्याग गरेको बताएका थिए ।