प्राइम खबर संबाददाता | असोज १८, २०८० बिहिबार

चन्द्रपुर नगरपालिका वडा नंम्वर ४ का अध्यक्षले आउदै गरेको चाडबाड लक्षित सडक सुरक्षा निति लिएका छन् ।   वडा अध्यक्ष रबि राना मगरले आफ्ने वडा अन्र्तगतका वडाका सडक तथा बाटोहरुमा निर्माण सामाग्री नराख्न तथा पशु चौपाया नबाध्न समेत अनुरोध गरेका छन् । उनी चन्द्रपुर नगरपालिकाको कार्यपालिका सदस्यमा सबैभन्दा कान्छा वडा अध्यक्ष हुन् ।


बिहिबार एक सुचना जारी गर्दै अध्यक्ष राना मगरले विजया दशमी, दिपावली र छठपर्वको समयमा मानिसहरुको भिडभाड बढ्ने भएकोले साँघुरो बाटोहरुमा सवारी साधनको चापले दुर्घटना भई मानविय क्षति लगायत जनधनको समेत क्षति हुन सक्ने सम्भावना भएकोले वडा न। ४ मा पर्ने सबै सडकको दायाबाया राखेको ढुंगा, गिट्टी, बालुवा, काठ, दाउरा र गोबर मल लगायत पशु चौपायहरु बाध्ने जस्ता क्रियाकलाप भैरहेको हुदा सो बाटो र सडकमा आवत जावत गर्न कठिनाई भई दुर्घटना हुने जोखिम भएकोले कुनै पनि सामाग्रीहरु नराख्न र पशु चौपायहरु नबाध्न अनुरोध समेत गरेका छन् । 



 अध्यक्ष रानाले सडक अतिक्रमण हटाउन सात दिने सूचना जारी गरे सँगै स्थानियले समेत उनको उक्त कार्यको प्रशंसा गरेका छन् । उनले चाडबाडको बेलालाई मध्यनजर गर्दै उचित कदम उठाएको भन्दै वडाका स्थानियले उनको प्रशंसा गरेका हुन् । सूचनालाई वेवास्ता गरी अटेर गरेमा ऐन कानुन बमोजिम कार्वाही हुने वडाअध्यक्ष रानाले बताएका छन ।