प्राइम खबर संबाददाता | असोज २०, २०८० शनिबार

कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चड्ने गाडी दुर्घटना भएको छ। गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले चड्ने गाडी दुर्घटना भएको हो।


चालकले रक्सीको नसामा विहिबार राति हाकिमको गाडी चलाएको समेत खुलेको छ।रक्सीको नसामा प्रमुख प्रशासकीय अधिकृत भट्टले चड्ने गाडीले गोदावरी नगरपालिका–१० खमौराका स्थानीय उद्धब बहादुर देउवाको घरको पर्खाल भत्काइदिएको छ। उनको घरको पर्खाल भत्किनुका साथै गाडी समेत क्षतविक्षत भएको छ। घरमा कोहि नभएको बेला रक्सीले मातिएका चालकले घरको पर्खाल भत्काएको घरधनी देउवाले गुनासो गरे।
प्रमुख प्रशासकीय अधिकृत भट्टले बिहिवार राति बा १६ च ८७८८ नम्बरको गाडी दुर्घटना भएको बताए।



गाडीको अगाडीको भागमा क्षति पुगेको छ। चालक विक्रम चौधरीले रक्सीको तालमा देउवाको घरको पर्खाल भत्किने गरी गाडी ठोकेका हुन्। उनले सडकमा सामुदायिक पशु भएका कारण गाडी घरमा ठोक्किएको दाबी गरेपनि आफै रक्सीको नसामा रहेको र गाडी छोडेर घर गएको समेत खुलेको छ।