एजेन्सी | असोज २०, २०८० शनिबार
इजरायलस्थित नेपाली दुतावासका अनुसार हमासको आक्रमण लगत्तै कार्यस्थल छाडेर सेल्टर लगिँदै गरेका १४ मध्ये ७ नेपाली घाइते छन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले यसको पुष्टि गरिन् ।संचारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘नेपालीहरु बसेको शेदेत नेगेबका बस्तीहरुमा हमासले आक्रमण गरेको छ । त्यसमध्ये एउटा ठाउँमा काम गरिरहेका १४ नेपालीमध्ये ७ जना घाइते हुनुभएको छ ।’उनले घाइते नेपालीको नाम काठमाडौंबाट परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्ने बताइन् ।
दूतावासको अभिलेख अनुसार इजरायलमा यति बेला ४५ सय नेपाली छन् । गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको र हजार बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।