प्राइम खबर संबाददाता | असोज २२, २०८० सोमबार

चन्द्रपुर नगरपालिका स्थित सरकारी अस्पतालमा ट्रमा सेन्टर स्थापनाको लागि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख सञ्जय कुमार काफ्ले र लायन्स क्लव अफ चन्द्रनिगाहपुर को समन्वयमा सोमबार राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक तथा प्रशासकीय अधिकृत एबम् लाईन्स क्लबका पदाधिकारीहरुको संयुक्त टोलीले चन्द्रपुर ५ स्थित रहेको सरकारी अस्पतालको निरीक्षण एबम् अवलोकन कार्य सम्पन्न भएको नगर प्रमुख सञ्जय कुमार काफ्लेले बताए।
राजमार्गमा हुने दुर्घटना एबम् विभिन्नखाले दुर्घटनाको कारण अनाहकमा ज्यान गुमाउनेको संख्या मा कमी ल्याउन र उपचारको लागि स्थानीय स्तरमै सेवा उपलब्ध गराउने उदेश्यले नगरपालिकाले सञ्चालन गरेको चन्द्रनिगाहपुर सरकारी अस्पतालबाट ट्रमा सेन्टरको सेवा उपलब्ध गराउन आवश्यक रहेको कुराको मूल्यांकन गर्दै ट्रमा सेन्टर स्थापना गराउन लागिपरेको नगरप्रमुख सञ्जय कुमार काफ्लेले बताए । 
लाईन्स क्लव रौतहटका प्रतिनिधि दीपक रेग्मीले सञ्चालन गरेका उक्त अन्तर्क्रिया एबम् अवलोकन कार्यक्रममा राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजाल, प्रशासकीय अधिकृत नवराज गौतम डिष्ट्रिक्ट ३२५ H IPDG  डा. निवेश प्रसाद श्रेष्ठ, नवराज गौतम, राष्ट्रिय ट्रमा सेन्टरका अर्थो स्पाइन् सर्जन डा. लक्ष्मी कन्त शर्मा . फर्स्ट VDG विमल श्रेष्ठ, राष्ट्रिय ट्रमा सेन्टरका pho डा. कृष्ण नन्दन चौधरी, लाईन्स शेख अजहरुदिन, खड्ग बम्जन , निर्मला सुवेदी,नारायण न्यौपाने, वाशुदेव अधिकारी, सरकारी अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डा अभिनन्दन श्रीवास्तव, चन्द्रपुर अस्पताल  अस्पतालका प्रालीका  डाक्टर सुबास चौधरी , पूर्व सांसद कल्याणी खड्का लगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।
अस्पताल निरीक्षणको क्रमममा आएका राष्ट्रिय ट्रमा सेन्टरका पदाधिकारीहरुलाई चन्द्रनिगाहपुर  अस्पतालका कर्मचारीहरुले स्वागत एबम् अभिनन्दन गरेका थिए। अनुगमनमा आएका निर्देशक सरकार बद्री रिजाललले अनुगमनका क्रममा चन्द्रनिगाहपुर सरकारी अस्पतालमा केही आवश्यक पूर्वाधार निर्माण कार्य गर्न आवश्यक रहेको र सो क्षेत्र ट्रमा सेन्टर स्थापनाको लागि उपयुक्त हुने समेत बताएका छन् ।
यस अस्पतालबाट ट्रमा सेन्टरबाट प्राप्त हुने सुविधा उपलब्ध हुने भएपछि रौतहट जिल्लासँग छिमेकी जिल्लाको निजगढ, सर्लाही र महोत्तरीका समेत सेवाग्राहीले सेवा प्राप्त गर्न सक्ने नगर प्रमुख काफ्लेले बताए।