प्राइम खबर संबाददाता | असोज २५, २०८० बिहिबार
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको पुर्ब नगर प्रमुख डा.कृष्ण पौडेल आफनै घरमा मृत फेला परेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित घरमा पौडेल मृत अवस्थामा फेला परेका हुन् । घट्ना स्थलमा अहिले प्रहरी पुगेको छ ।
पौडेल नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा निर्वाचित भएका थिए ।
पौडेल नेकपा एमालेको मधेस प्रदेश सचिव पदको जिम्मेवारी निभाउदै आएका थिए।