प्राइम खबर संबाददाता | असोज २५, २०८० बिहिबार
रौतहट प्रहरीले भन्सार छलीका करिब ६१ लाख बराबरको सामाग्री बरामद गरी भन्सार चलान गरेको छ। प्रहरीले एक महिनाको अवधिमा सो परिमाणको सामाग्री बरामद गरी भन्सार चलान गरेको हो।
प्रहरीका अनुसार यस अवधिमा मोटरसाइकल १५ थान, पिकअप गाडी एक थान, टेम्पु एक थान, अटो दुई थान र मदिराका साथै अन्य सामानहरु बरामद भएका छन्। बरामद गरी भन्सार चलान गरिएका सामानहरुको मूल्य करिब ६१ लाख २७ हजार सात सय ७७ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दामोदर केसीले जानकारी दिए।
दसैँ नजिकिएसँगै भन्सार छलीको गुनासो पनि बढ्न थालेकाले सीमावर्ती क्षेत्रमा सक्रिय रुपमा प्रहरी टोली परिचालन गरिएको डिएसपी केसीले बताएका छन्।