प्राइम खबर संबाददाता | असोज २६, २०८० शुक्रबार

रौतहट जिल्लाको चन्द्रनिगाहपुर - गौर सडक खण्ड अन्तर्गतको चन्द्रनिगाहपुरमा स्थानीय व्यापारीहरुद्वारा सडक अवरुद्ध गरेका छन् ।


आश्रय निर्माण सेवा प्रालिले निर्माण थालेको चन्द्रनिगाहपुर - गौर सडक विस्तारको काममा निर्माण कम्पनीको लापरवाही एबम् ढिलासुस्तीका कारण स्थानीय  व्यापारीहरूले चरम सास्ती खेप्नुपरेको भन्दै आक्रोशित बनेका व्यापारीले सडक अवरुद्ध गरेका हुन् । 



निर्माण कम्पनीले सडकमा निर्माण सामाग्री थुपारेर राख्दा दुर्घटनाको जोखिम सँगै सो बाटो प्रयोग गरेर हिड्ने सवारीको धुलोले व्यापार व्यवसायमा समेत प्रभाव परेको छ। सडकको दायाँ बायाँ खनिएको खाडल नपूर्दा पानी जमेर उपभोक्ता एबम् व्यापारीले कष्ट भोग्दै आएका हुन्। 



सडक विभाग लगायतका सरोकारवाला निकायको हेलचेक्राईको कारण निर्माण कार्यमा ढिलासुस्ती भएको स्थानीयको आरोप रहेको छ । कांग्रेस नेताको निर्माण कम्पनीले निर्माण कार्य सकारेको हुँदा यस क्षेत्रका, विधायक र संसद्ले समेत चुइँक्क बोल्न नसकेको प्रदर्शनमा आएका व्यापारीले बताए । नगरपालिकाले समेत यस विषयमा त्यति चासो नदिए उनीहरूको  भनाइ छ ।