प्राइम खबर संबाददाता | असोज २७, २०८० शनिबार

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिच गठबन्धनलाई कमजोर हुन नदिने सहमति भएको छ । शनिबार बिहान बसेको तीन नेताको बैठकले वर्तमान सत्ता गठबन्धन‌प्रति आफूहरू दृढ र स्पष्ट रहेको उल्लेख गरेका छन् । बैठकपछि ३ नेताद्वारा हस्ताक्षरित सहमतिपत्रमा भनिएको छ, ' हामाी वर्तमान सत्ता गठबन्धन‌प्रति दृढ र स्पष्ट छौं, र यो गठबन्धन‌लाई कुनै पनि हालत‌मा कमजोर हुन दिने छैनौं ।' प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठकले गठबन्धनमा रहने प्रतिबद्धतासहित कोशी प्रदेशमा नि सोही अनुसार हुने सहमति भएको छ ।