प्राइम खबर संबाददाता | चैत १४, २०७७ शनिबार
चितवन । माडीबाट भरतपुर जाँदै गरेको यात्रुबाहक बस र स्कुटर एकआपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ । नारायणगढ माडी ठोरी रुटमा चल्ने ना. ५ ख. २१५० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ना. ४० प. ७०८२ नम्बरको स्कुटर पटिहानिमा ठक्कर खादा ३ जनाको मृत्यु भएको हो ।
स्कुटर र बस एक आपसमा ठोक्किदा भरतपुर महानगरपालिका ६ गितानगर बस्ने अन्दाजी बर्ष ४५ को मोहन अधिकारी र स्कुटरमा सवार निजको छोरी बर्ष १७ की बिनिसा अधिकारी र बर्ष १७ कै दिबिसा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।उनिहरुलाई उपचार गर्न भरतपुर अस्पताल तर्फ पठाईएकोमा उपचारको क्रममा तीनैजनाको मृत्यु भएको हो ।