प्राइम खबर संबाददाता | माघ २, २०७७ शुक्रबार
रौतहट - रौतहटका क्रियाशील पत्रकार सञ्जय कार्की इमेज ग्रुप अफ कम्पनीजको बिहीबार सम्पन्न २४ औं वार्षिकोत्सवको अवसरमा सम्मानित भएका छन् । सो संस्थाबाट सञ्चालित इमेज टेलिभिजनमा जिल्ला संवाददाताको रूपमा कार्यरत कार्कीले विश्व महामारीको रूपमा रहेको कोरोना महामारीको समयमा आफ्नो पेशागत जिम्मेवारी लाई निर्वाह गर्दै जोखिमपूर्ण अवस्थामा रहेर जनतालाई सु सूचित गर्ने गराउने कार्यमा पत्रकार कार्कीको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको हो ।
पत्रकारितामा निरन्तर रूपले लागिपरेका कार्की जिल्लामा सक्रिय पत्रकारका रूपले परिचित रहेका छन् ।
उनी इमेज टेलिभिजन, नेपाल समाचारपत्र का रौतहट प्रतिनिधि सँगै रौतहटको गुन्जन एफएम का स्टेसन म्यानेजर समेत रहेका छन्। पत्रकारिताको माध्यम बाट उनले समाजमा हुने विकृति विसंगती का विरुद्ध पनि निकै कलम चलाएका छन ।
पत्रकारिताको माध्यमबाटै समाजसेवामा पनि निकै सक्रिय रूपले लागि परेका कार्की लाई सिंगो मुलुक मात्र नभई विश्व नै जोखिमपूर्ण अवस्थामा रहेको समयमा पनि निरन्तर खबर प्रवाहमा कहिले विश्राम नलिएका संवाददाता कार्कीको उच्च कदर गर्दै प्रशंसा पत्र सहित सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।