प्राइम खबर संबाददाता | चैत २१, २०७७ शनिबार

रौतहट को चन्द्रनिगाहपुरमा रहेको कुमारी बैकले बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।देशैभरी १९३ शाखा , १३ एक्स्टेन्सन काउन्टर र २५ वटा शाखारहित सेवा दिदै आएको बैंकले आफ्नो २० औ बार्षिक उत्सवको अवसरमा  चन्द्रपुर शाखाले हातेमालो सामुदायिक बन उपभोक्ता समितिको कार्यलयको प्राङ्गणमा बृक्षरोपण गरेको शाखा प्रबन्धक सन्दिप कुमार चौधरीले बताए । बार्षिक उत्सव को अवसरमा देशै भरी रहेको शाखाहरुले  रक्तदान,बृक्षरोपण,सामुदायिक ठाउँ मठ-मन्दिरमा सरसफाई गरि २० औ वार्षिकउत्सव मनाइएको चौधरीले बताए ।
हातेमालोको प्राङ्गणमा मा विभिन्न प्रजातिका अशोक , धुपी , असोक , साल , मसला गरि विभिन्न प्रजातिका करिव ६० वटा भन्दा बढी वृक्षहरु रोपण गरिएको आयोजकले बताए ।


कार्यक्रममा हातेमालो सामुदायिक उपोभोक्ता समितिका पदाधिकारी कुमारी बैक का कर्मचारि,स्थानीय तथा संचारकर्मी को उपस्थिति रहेको थियो।
यस्तै कुमारी बैक लिमिटेड चन्द्रपुर शाखामा कार्यरत कर्मचारीले यस्ता सामाजिक काममा बैक उत्तरदायी भई आघी बढ्न सके,बैकले चन्द्रपुर वासिको मान जित्न सफल हुने बताउछन ।