प्राइम खबर संबाददाता | पुस ५, २०८० बिहिबार

नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन आज बिहीबार देखी जनकपुरधाममा सुरु हुँदैछ ।


जनकपुरधाम स्थित तिरहुतिया गाछीमा हुने उक्त प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश कार्यसमिति सदस्य सूर्य बहादुर थापाले बताएका छन् । प्रथम सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सभापति देउवा सहित पार्टी शीर्ष नेताहरुको पनि सहभागिता हुने नेता थापाले बताए ।



सम्मेलनको पुर्वसंध्यामा बुधबार जनकपुरमा पत्रकार सम्मेलन मार्फत प्रथम सम्मेलनको तयारी वारे जानकारी गराईएको छ । सम्मेलनको सवै काम पुरा भएको प्रदेश सभापति कृष्ण प्रसाद यादवले जानकारी दिएका छन ।



सम्मेलनको विहीवार उदघाटन सत्र र शुक्रवार बन्द सत्र हुने जनाईएको छ । प्रथम सम्मेलनमा भाग लिन मधेश प्रदेशको आठवटै जिल्लाबाट नेता कार्यकर्ता जनकपुर आईपुगेका छन । थापाका अनुसार सम्मेलनमा भाग लिन ८ जिल्लाका ८ सय २५ जना प्रतिनिधिहरुले भाग लिनेछन् ।