प्राइम खबर संबाददाता | पुस १२, २०८० बिहिबार

नेपाली कांग्रेस रौतहटका चर्चित नेता एबम् महाधिबेसन प्रतिनिधि मिथलेश कुमार मिश्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई चन्द्रनिगाहपुरमा स्वागत कार्यक्रमको आयोजना गरी स्वागत गरेका छन्। 


बागमती प्रदेशको हेटौडामा हुने मुख्यमंत्री स्तरीय कार्यक्रमममा भाग लिन हेटौडा हिडेका उनलाई  गतव्यमा जानुअघि मुख्यमन्त्री कार्कीलाई चन्द्रनिगाहपुरमा भेटघाट एबम् अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो। 



नेपाली कांग्रेसका युवा नेता समेत रहेका मुख्यमन्त्री कार्की युवा कांग्रेसका बीच निकै लोकप्रिय मानिन्छन् । नेपाली कांग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीको सभाध्यक्षता भएको कार्यकर्ता भेटघाट कार्यक्रममा मधेश प्रदेशका पूर्व सांसद धनलाल ठोकरले स्वागत मन्तव राखेका थिए। 



कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले भने " कांग्रेस जोगाउन अहिलेको अवस्थामा सबैको साथ र सहयोग आवश्यक रहेको हुँदा गुट उपगुट त्याग्नु अहिलेको आवश्यकता हो । " उनले भने आफूले मुख्यमन्त्री हुँदै गर्दा कारबाहीको समेत कुरा उठेको हुँदा त्यसबाट विचलित नभई आफ्नो काममा लागेको समेत स्मरण गराए । सातै प्रदेश मध्यको उत्कृष्ट मुख्यमंत्रीको रूपमा आफूले काम गरेर देखाउने उनको भनाई रहेको थियो।  गत असोज २७ गते कार्की कोशी प्रदेशको मुख्यमंत्री पदमा नियुक्त भएका थिए।