प्राइम खबर संबाददाता | पुस १३, २०८० शुक्रबार

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा लामो समयदेखि बहस जारी छ ।
बहस नटुङ्गिएपछि यसलाई बिहीबार पनि हेर्दाहेर्दैमा राखियो । बिहीकार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको प्रतिवादी पक्षमा भएको बहस नसकिएकाले शुक्रवार पनि रमणले नै बहसको सुरुवात गर्नेछन् । रमणपछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन् ।
आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए । प्रतिवादीतर्फबाट बहस सकिए मुद्दामाथिको सुनुवाइ आज टुङ्ग्याउने तयारी गरिएको छ । त्यसपछि यो विषयमा बहुप्रतिक्षित फैसला हुनेछ ।