प्राइम खबर संबाददाता | चैत २९, २०७७ आइतबार
चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ मा ट्याक्टर दुर्घटना परि ५ जनाकाे मृत्यु भएको छ । ११ नं वडा कार्यालय भवनको ढलान गरि मजदुर बोकेर फर्कदै गरेको ना १ त ६२८२ नम्बरको ट्याक्टर चिउरिटार भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सुर्य बहादुर थापाले दिएको जानकारी अनुसार २५ जना सवार ट्याक्टर दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ। भने अन्य केहि घाइते भएका छन्। रातिको समय हुनाले ट्याक्टर घुमाउरो सडकबाट झन्डै १ सय ५० मिटर तल खसेको प्रहरीको अनुमान रहेको छ। भने मृतक र घाइतेको विवरण खुल्न बाकी रहेको छ।