प्राइम खबर संबाददाता | पुस १७, २०८० मंगलबार
रौतहटमा आश्रय निमाण सेवाका कारण चन्द्रपुर नगरपालिका वडा नं ८ का स्थानीय बासिन्दा समस्यामा परेका छन् । नीति र नियमको धज्जी उडाउदै नियम विपरित आश्रय निर्माण सेवाले जिल्लाको चन्द्रपुर नगपालिका वडा नंबर ८ स्थित रहेको अल्टोकी गाँउ र सन्तपुर गाँउको बिचमा नियम विपरित क्रसर उद्योग संचालन गरेका कारण सो भेगका स्थानीय बासिन्दाले त्यसको बिरोध गरेका हुन ।
आश्रय निर्माण सेवाले गाँउको बिचमा राम्रो उब्जनी हुने खेतको बिचै बीच क्रसर उद्योग संचालन गरेका कारण सो क्रसरको आसपासको खेतमा हुने उब्जनीमा ह्रास आउन थालेको स्थानीयको भनाइ रहेको छ ।
क्रसरबाट निष्केको फोहोर एबम् धूलोको कारण स्थानीयको स्वास्थ्यमा समेत गम्भिर असर परेको चन्द्रपुर ८ का स्थानीय बासिन्दा बिनोद चौधरी बताउँछन्।
स्थानीयले गाँउ र खेतको बिचबाट क्रसर हटाउनका लागि बारम्बार ताकेता गरेको भएपनि स्थानीय राजनैतिक दल र जनप्रतिनिधि कै आडमा आश्रय निर्माण सेवाले स्थानीयको स्वास्थ्य एबम् उब्जनी योग्य खेतवाली माथि खेलवाड गरेको चौधरीको भनाइ रहेको छ ।
गाँउ र खेतको बिच अवैध तवरले संचालनमा रहेको सो क्रसरका कारण नहरको बाटो हिडनै नहुने गरी भत्किएको छ । दैनिक रूपमा चल्ने नदीजन्य पदार्थ बोकेका टिफरका ओहोर दोहोर कारण बाटो भत्कदा समेत स्थानीय जनप्रतिनिधिले समेत चासो नलिएको अल्टोकिका स्थानीय बासिन्दाले गुनासो गरेका हुन्।
गाँउको बिच सराइमा संचालनमा रहेको क्रसरको धुलोका कारण स्थानीयको स्वास्थ्यमा समेत गम्भिर असर परेकाले क्रसर तत्कालन बन्द गराउन समबन्धीत निकायसंग स्थानीय बासिन्दाले माग गरेकाछन् ।
क्रसरको धुलो र बालुवायुक्त पानी स्थानीयको खेतमा गएर उब्जनीमा समेत कमी आउन थालेको सन्तपुरका स्थानीय बासिन्दा कमलेश चौधरी बताउँछन् । नियमनकारी निकायका जिम्मेवार व्यक्तिहरू नै मुकदर्शक भइदिँदा येस्ता अवैध क्रसर उद्योगहरुले बढावा पाइरहेका छन् भने सर्वसाधारणले सास्ती खेप्दै आउनुपरेको छ।