प्राइम खबर संबाददाता | माघ १२, २०८० शुक्रबार
रौतहट स्थित चन्द्रनिगाहपुर - गौर सडक खण्ड निर्माणको ठेक्का पाएको आश्रय निर्माण सेवाले सडकको काम गुणस्तरहिन गरेको भन्दै स्थानीयले बिरोध गरेका छन् ।
सडक निर्माणको काम गुणस्तरीय गर्न आग्रह गर्दा आश्रय निर्माण सेवाका संचालक सन्तोष साहले स्थानीय तथा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारी माथि उल्टै गालि गलौज गरेको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताए ।
चन्द्रनिगाहपुर - गौर सडक खण्ड चार लेन बनाउन ठेक्का पाएको आश्रय निर्माण सेवाको काम गुणस्तरहिन भएको भन्दै स्थानीय बासिन्दाले गत बिहिबार बिहान चन्द्रनिगाहपुर बजारमा बिरोध समेत गरेका थिए ।
सो निर्माण सेवाले सो काममा प्रयोग गरिने भन्दै चाँदी नदीबाट उत्खनन गरी ल्याएको ग्रावेल अन्तै स्टक गरेर राख्दै मौकाको फाइदा उठाएको समेत स्थानीयको आरोप रहेको छ।