प्राइम खबर संबाददाता | पुस २२, २०८० आइतबार
चन्द्रपुर नगरपालिकाले चपुर- गौर चारलेन सडक खण्ड अतिक्रमण गरेर ठेलागाडामा व्यापार गर्ने व्यापारीको ठेला चन्द्रपुर नगरपालिकाले उठाएको छ ।
आईतबार चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा, चन्द्रपुर नगरपालिकाका कार्यपालिका सदस्य नेत्र कुस्वार सहित स्थानीय प्रहरी प्रशासनको सहयोगमा सडकको बीच सहित फुटपाथमा राखिएका सामान नगरपलिकाले नियन्त्रणमा लिएको हो । पटक पटक सडक पेटीमा व्यापार नगर्न ,सडक अतिक्रम गरेर व्यापार नगर्न सुझाव दिदा पनि व्यापारीले अटेर गरेपछि ठेला उठाउनु परेको हो नगरपालिकाले जनाएको छ । सडक पेटिमा राखिएका ठेला एबम् फुटपाथमा सामानका ठेला गाडाहरुले सडक दुर्घटना हुने, सर्वसाधरणलाई हिडडुल गर्न असहज हुने भएपछि बाध्य भएर सो कदम चालिएको चन्द्रपुरका नगरप्रमुख संजय काफ्लेले बताए ।