प्राइम खबर संबाददाता | पुस २२, २०८० आइतबार
रौतहट स्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रपुरले १६ औ स्थापना दिवस मनाएको छ । चन्द्रपुर ४ स्थित एक होटलमा आयोजित कार्यक्रमका सो सहकारीले जेष्ठ नागरिक, असल उतप्रेरक, वतृत्वकलामा विजय हुने छात्र/छात्राहरुलाई नगद सहित सम्मान गरेको हो । सो सहकारीले बिभिन्न १७ वटा बिधामा शेयर सदस्यहरुलार्य पुरस्कृत तथा सम्मनित गरेको छ । संकल्प बचत तथा ऋण सहकारी संस्था २०६५ साल पुस २१ गते विधिवत रुपमा चन्द्रपुरमा स्थापना भएको सहकारी संस्था हो । स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष संस्थाले कार्यक्रम गर्दै आएको छ । संस्थाका शेयर सदस्यहरु उपस्थित रहेको उक्त स्थापना दिवस कार्यक्रममा केक काटेर एक आपसमा खुसीयाली साटसाट भएको थियो । कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले सहकारी सवैको निति खराव नहुने तर केहिको नियति भने खराब भएका कारणले सहकारीहरु धरासायी बन्दै गएको बताउनुभयो । सहकारीबाट पिडितका कुराहरु मिडियामा आईरहेको अवस्थामा यस संकल्प सहकारीले भने मधेश प्रदेशमा नै उत्कृष्ट कारोबार गरेको भन्दै सम्मानित भएको स्मरण गर्दै संस्थाको प्रशंसा गरे । पालिकाले सहकारीसंग समन्वय गर्दै आएको कुरा उल्लेख गर्दै यस क्षेत्रमा रहेका सहकारीले गरेको कार्यको चर्चा समेत प्रमुख अथिति काफ्लेले गरेका हुन् । समाजिक कार्यमा पनि सहकारीको भुमिका महत्वपुर्ण रहेको उनको भनाई छ । सहकारी रोजगारी, शिक्षा, कृषि, मजदुर व्यवसायी उद्यमी तथा सर्वसाधरण जनता जिवनमा आर्थिक समुन्ती र उन्मुता प्रदान गर्ने अभियान्ताहरुमा समेत सहकारीले खेलेको भुमिका सराहनिय रहेको उनले बताए । कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघकी अध्यक्ष देवकी नेपाल, स्वस्तीक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र राना, नव विकास बचत तथा ऋण सहकारी संस्थाका देव वहादुर सापकोटा, विन्दावासीनी सहकारी संस्थाका अध्यक्ष गोविन्द कोईराला , चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाका बासुदेव अधिकारी, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका दिपक घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका सचिव के.बी थापाले स्वागत मन्तव्य राखेका थिए। संस्थाले सञ्चालन गरेको कार्य योजनाहरुमा सदस्य बिस्तार, बचत विस्तार, ऋण लगानी, सदस्य हित, जेष्ठ सदस्य सम्मान, एकताको पहल, शिक्षा तालिम तथा अवलोकन भ्रमण, समाजिक हित परिर्वतन , हजार हातमा खुत्रुके साथमा, स्वास्थ्य शिविर, विमा कार्यक्रम, अन्त्रक्रिया कार्यक्रम, तिज विशेष कार्यक्रम लगायतका कार्यहरु समावेश गरिएको छ । संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विभु कुमार पोखरेलको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बोल्दै उनले वि.स. २०६५ सालमा स्थापना भई चन्द्रपुर नगरपालिकामा अनवरत सेवा दिदै आईरहेको उल्लेख गरे । उनले यस सहकारी समुदायमा आधारित लोकतान्त्रीक पद्धती अवलम्वन गरी स्वतन्त्र रुपमा सदस्य सहभागी गराई समुदायको आर्थिक तथा सामजिक उन्नतीमा विशेष योगदान गर्दै आएको बताए। आफनो शेयर सदस्यलाई नयाँ नयाँ सेवा सुविधा प्रदान गर्ने , विधि, निति र प्रविधिलाई पूर्ण रुपमा अंगिकार गर्ने कुरामा संस्थाले कुनै कञ्जुसाई नगरेको समेत उनले बताए । संकल्पले प्राप्त गरेको उपल्वधी हसिल गर्नका लागि पूर्ण शेयर सदस्यहरुको ईमान्दारीता, निस्वार्थ , क्रियाशिलता, उतरदायी , संचालक समिति , जिम्मेवार लेखा सुपरिवेक्षण समिति, कर्तव्य निष्ठ कर्मचारीहरु संस्थाको विश्वसनिय बातावरण नियमित कारोबारका कारण संंस्थाले प्रगती गर्दै आएको अध्यक्ष पोख्रेलले बताएका छन् ।