प्राइम खबर संबाददाता | पुस २६, २०८० बिहिबार

सरोज मिश्रा, रौतहटमाजंगली हात्तीले आतंक मच्चाउन लागेपछि स्थानीय चिन्तित बनेका छन् । बुधबार जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ स्थित गैडाटारमा रहेको बस्तीमा जंगली हात्ती प्रवेश गरी क्षती पुर्याएको छ । गैडाटार निवासी चित्रबहादुर भोलन र जगत बहादुर राईको घरमा राती जंगली हात्ती प्रवेश गरी घर भत्काउनुको साथै धानको भकारी समेत भत्काइदिएको छ ।  


भोलनको घरको टाटी र राईको घरको धानको भकारी भत्काईदिएपछी उनीहरुको ठूलो नोक्सानी भएको हो । बर्षभरी खानका लागि भण्डार गरेर राखेको धान हात्तीले नोक्सान गरिदिदा राई परिवार पिडामा रहेका छ्न । उता चन्द्रपुर नगरपालिकका मेयर सञ्जय कुमार काफ्लेले उक्त घटनाको जानकारी पाएं लगत्तै पीडितलाई भेट्न एबम् हात्तीले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्न पुगेका छन्।



पीडित परिवार लाई बिहीबार बिहान भेट गर्दै स्थानीय सरकारले जंगली हात्ती नियन्त्रण गर्न र पीडितलाई सहयोग गर्न चन्द्रपुर नगरपालिका तयार रहेको नगर प्रमुख काफ्लेले बताए । जंगली हात्तीले स्थानीयले लगाएको केरा बारीमा समेत क्षती पुर्याएको वडा अध्यक्ष बोध नाथ देवकोटाले बताएका छन्। जंगली हात्तीको आक्रमणमा परी दुई महिना अघि चन्द्रपुर ५ की एक महिलाको मृत्यु समेत भएको थियो।