प्राइम खबर संबाददाता | पुस २९, २०८० आइतबार

मधेश प्रदेश सत्तारुढ गठबन्धन दलहरुको तर्फबाट राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारमा आनन्दप्रसाद ढुंगाना र पुजा चौधरीलाई मत दिई विजय बनाउने अभियान अन्तर्गत आईतवार सत्तारुढ गठबन्धनको अभियान टोली रौतहटमा आएर कार्यक्रम सम्पन्न गरेका छन् ।


रौतहटको चन्द्रपुर स्थित एक होटलको सभाहलमा नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादव, नेपाली काँग्रेस मधेश प्रदेश सभापति एवं भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादव, जसपाका कार्यकारणी समिति सदस्य गोबिन्द चौधरी, नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र यादव लगायत माओवादी, एकिकृत समाजवादी पार्टीका नेताहरुको उपस्थितिमा सत्ता सझेदार पार्टी बिच भएको सम्झौता अनुरुप गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरीको पक्षमा मतदान गरेर जिताउनुपर्ने निष्कर्ष निकालिएको थियो ।



सत्ता साझेदार गठबन्धन मध्ये नेपाली काँग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगाना र जसपाबाट पुजा चौधरी राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार बनेका छन् । उम्मेदवारद्धय स्वयंम उपस्थित भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेस मधेश प्रदेशका सभापति एवं मधेश सरकारका भौतिक पूर्वाधर विकास मन्त्री कृष्णप्रसाद यादवले गठनबन्धको सहमती बनेको कार्यदलले पूर्ण विश्वासका साथमा मतदान गरेर आफना उम्मेदवारलाई जिताएमा यो गठबन्धन झन् बलियो बन्न र अस्थिरताको राजनीतिको अटकलवाजी सबै समाप्त भएर जाने विश्वास व्यक्त गरे ।



उक्त कार्यक्रममा जसपा प्रदेश अध्यक्ष रामबाबु यादव, काँग्रेस केन्द्रीय सदस्य मोक्ता यादव, संघिय साँसद देवप्रसाद तिमसिना, काँग्रेस जिल्ला सभापति एवं प्रदेश सदस्य सुनिल यादव, माओवादी केन्द्रीय सदस्य एवं पूवं साँसद देबेन्द्र पटेल, जसपा राजनीतिक समिति सदस्य रामकिशोर यादव, एकिकृत समाजवादी जिल्ला अध्यक्ष कमल यादव, प्रदेश सदस्य संजय महतो, प्रदेश सदस्य किशोरी देवी, मेयर किशोरी यादव, मेयर बालेश्वर यादव, जसपा जिल्ला अध्यक्ष श्यामविहारी यादव लगायत रौतहटका विभिन्न पलिकहरुबाट प्रतिनिधत्व सम्मिलित उक्त कार्यक्रममा स्वागत मन्तव्य चन्द्रपुरका मेयर संजय काफ्लेले राखेका थिए ।

उक्त कार्यक्रममा मतदाताहरु संग राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार आनन्दप्रसाद ढुंगाना र पुजा चौधरी उम्मेदवार एबम् मतदाता बीचको परिचयात्मक कार्यक्रमबाट एक आपसमा चिनजान भएर सम्बन्ध बलियो भएको गठबन्धनमा सम्मिलित दलका नेताहरुले प्रतिक्रिया दिएका छन्।