प्राइम खबर संबाददाता | माघ २, २०८० मंगलबार

मधेश प्रदेशको विभिन्न जिल्लामा धार्मिक यात्रामा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार रौतहट जिल्लामा आएका हुन । धार्मिक यात्रामा निस्केका पूर्वराजा शाहले रौतहट जिल्लाको शिव नगरमा अवस्थित शिव मंन्दिरमा पूजा पाठ सहित गरेका छन् । उनी रौतहट आउने कार्यक्रम तय भएपछि समर्थहरु शिवनगर तर्फ आकर्षित भएका थिए  ।


बाराको सिमरामा बस्दै आएका पूर्वराजा  रौतहट आउँदा बाक्लो समर्थकका बीच शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए। समर्थकलाई भेट्दै पुष्पगुच्छा ग्रहण गर्दै उनले महादेब भगवानको दर्शन गरेका हुन् ।



 शिवनगर चौकबाट पैदल हिडेका पूर्वराजाका समर्थकले राजा आउ देश बचाउ भन्ने नारा लगाएका थिए । मुस्कान सहित पैदल हिँडेका उनलाई बाटोको दुवैतर्फ बसेका समर्थकले फूलमाला लगाई स्वागत गरेका थिए । पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। राजाको स्वागतमा जिल्लाको विभिन्न ठाउँहरूमा स्वागत गेट समेत राखिएको थियो।