प्राइम खबर संबाददाता | माघ ६, २०८० शनिबार

रौतहट जिल्लाको वृन्दावन सव डिभिजन वन कार्यालय अन्तर्गतको वन क्षेत्रमा हात्तीको समूह देखा परेको छ। हात्तीको समूह देखा परेपछि सव डिभिजन बन् कार्यालले सतर्क रहन आग्रह गरेको छ । शनिबार एक सूचना प्रकाशित गर्दै सब डिभिजन कार्यालयले लेखेको छ " वन क्षेत्र अर्थात पुर्वमा बागमती खोला, पश्चिममा चेतनगर, खौरहा, मोतिपुर लगायतका गाउँ बस्ती, उत्तरमा पुर्व पश्चिम राजमार्ग तथा दक्षिणमा बलरी गाउँ बस्ती, यति चारकिल्ला भित्रको वन क्षेत्रमा बच्चा सहितका १४ वटा हातिहरुको समूह देखा परेको हुनाले उक्त वन क्षेत्र आसपासको बस्ती तथा जङ्गलको बाटो प्रयोग गर्दा होशियार रहन तथा वन क्षेत्रमा घाँस दाउरा लिन जाने महानुभावहरु समेत सचेत रहनका लागि हार्दिक अनुरोध गर्दछौ ।" एक साता अघि मात्र हात्तीको समूहले चन्द्रपुर ३ स्थित गैडाटारका स्थानीयको घरमा क्षति पुर्याएको थियो।