प्राइम खबर संबाददाता | माघ १०, २०८० बुधबार
रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ५ जटहारा टोल स्थित सामुदायिक विद्यालय प्राङ्गणमा रहेको हनुमान मन्दिर र श्री आधारभुत सामुदायिक विद्यालयको ५० मिटर पछाडि रहेको ब्रहमबाबाको मन्दिरमा केही अज्ञात ब्यक्तीले आगो लगाएको घटना बुधबार बिहान सार्वजनिक भएको छ ।
सामाजिक सदभाव बिगार्न समाजका यस्ता अराजक गतिबिधि गर्नेलाई खोजतलास गरी कडा भन्दा कडा कारबाहीको लागि सम्बन्धित निकाय संग स्थानीयले माग समेत गरेका छन् ।
आगलागिबाट २५ बर्ष अघि भारतको राजधानी नयाँदिल्लीबाट ल्याईएको हनुमान मुर्ती र ब्रहमबाबाको मन्दिरमा क्षति भएको वडा नम्बर ५ का स्थानीयले जानकारी गराएका छन् ।