प्राइम खबर संबाददाता | माघ ११, २०८० बिहिबार
राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा मधेश प्रदेशबाट नेपाली कांग्रेसका आनन्द प्रसाद ढुंगाना र जसपा नेपाल कि पुजा चौधरी निर्बाचित भएका छन् ।
बिहीबार प्रदेश मुकाम जनकपुरमा भएको निर्वाचनमा दुवैजना सता गठबन्धनको तर्फबाट विजयी भएका हुन् । महिला कोटातर्फ सत्ता गठबन्धनका पुजा चौधरीले ७ हजार ९२३ मतभार पाएर विजयी हुँदा सता गठबन्धनको तर्फ बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाएर बिजयी भएका हुन् । ढुगांनाले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत पाएका छन । ढुंगानाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजेता झाले २ हजार ४८४ मत प्राप्त गरेकी छिन् ।
यस्तै महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीको निकटतम प्रतिद्वन्द्वी एमालेकी उषा चौधरीले दुई हजार ४४६ मत प्राप्त गरेकी हुन् । राष्ट्रिय सभामा प्रदेश सभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीको मतभार १९ हुन्छ ।
मधेश प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट विजयी उम्मेदवारहरुलाई चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय कुमार काफ्लेले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रिय सभाको निर्वाचनले सहमति र सहकार्यको संदेश दिएको बताउँदै उनले राष्ट्रिय राजनीतिमा रौतहटको प्रतिनिधित्व महत्वपूर्ण आयाम भएको बताए।