प्राइम खबर संबाददाता | माघ १२, २०८० शुक्रबार
रौतहट स्थित रङ्गपुर साझेदारी वन उपभोक्ता समूहको साधारण सभाको तयारी तिब्र रुपमा गरिएको डिभिजन बन् कार्यालयले जनाएको छ ।
शनिबार हुने साधारण सभाको तयारीमा आफूहरु लागिपरेको चन्द्रनिगाहपुर सबडिभिजन बन् कार्यालयका अधिकृत राम केवल राय यादवले जानकारी दिएका छन् । रौतहट जिल्लाको मध्य भागमा अवस्थित गरुडामा हुने साधारण सभाले नयाँ कार्यसमिति चयन गर्ने हुँदा उपभोक्ताहरू समेत उत्साहित भएका छन्। शनिबार हुने साधारण सभाले सर्वसम्मत नेतृत्व चयन हुने अवस्था नरहेको खण्डमा कानुन व्यवसायी र निर्वाचन आयोगको समन्वयमा निर्वाचनको प्रक्रिया अघि बढाउने डिभिजन बन् कार्यालयले जनाएको छ ।
रङ्गपुर साझेदारी वन उपभोक्ता समूहको साधारण सभामा सम्पूर्ण वडाबाट प्रतिनिधिहरूको नाम आइसकेपछि साधारण सभाको मिति तय गरिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले बताए । रङ्गपुर साझेदारी वन उपभोक्ता समूहको भोलि शनिबार गरुडा नगरपालिकाको झाँझ पुलस्थित एक विद्यालयमा साधारण सभा हुने भएको छ ।
सो समूहका निवर्तमान अध्यक्ष जितेन्द्र चौधरी वडा अध्यक्षमा निर्वाचित भए पश्चात् उनले राजीनामा दिए सँगै लामो समय देखि रिक्त रहेको उक्त समितिले नयाँ नेतृत्व पाउने भएको छ। सो साधारण सभाको लागि उपभोक्ता सदस्य सहित सम्बन्धित सरोकारवाला सबैमा प्रचार प्रसार तिब्र पारिएको चन्द्रनिगाहपुर सब डिभिजन वन अधिकृत राम केवल राय यादवले बताए।