प्राइम खबर संबाददाता | माघ २१, २०८० आइतबार

रौतहट जिल्लाको गढिमाई नगरपालिकाले १० औं नगरसभा(हिउँदे अधिबेशन)सम्पन्न गरेको छ । नगर प्रमुख श्याम प्रसाद यादबको स भाध्यक्षतामा पालिकाको सभाहलमा आईतबार भएको नगरसभा लें पालिकाको हितमा हुने लोकप्रिय निर्णयहरु सर्वसम्मत पारित गरेको छ । नगरपालिकाले नगर प्रहरी व्यवस्थापन सहित  करारमा कार्यरत कर्मचारी कटौती गर्दै प्रोत्साहन भत्ताको ३० प्रतिशत रकम कटौती लगायतका १२ वटा प्रस्तावहरु सर्वसम्मत रुपमा पास भएको प्रमुख प्रशासकीय अधिकृत श्रीदेब यादबले बताए । 


गढीमाईको नगरसभाले पारित गरेका प्रस्तावहरू बुँदागत रुपमा,
१. प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०८० को मस्यौदा सम्बन्धमा।
२. नगर प्रहरीको संचालन, व्यवस्थापन र नियमन गर्न ऐन, २०८० को मस्यौदा सम्बन्धमा।
३. स्थानीय उद्योग/व्यवसाय दर्ता, नविकरण, व्यवस्थापन र नियमन गर्ने ऐन, २०८० मस्यौदा सम्बन्धमा ।
४. गत आ.व. २०७९/८० को भूक्तानी हुन बांकी रहेका सम्पन्न  योजना/कार्यक्रमहरुको नगर कार्यपालिकाले गठन गरेको अनुगमन समितिले सिफारिस गरेको योजनाको भुक्तानीको सम्बन्धमा ।
५. बालविकास शिक्षकहरुलाई दिने मासिक थप सुविधा निरन्तरता सम्बन्धमा ।
६. संसोधन गर्नु पर्ने बजेट, शिर्षक तथा कार्यक्रमको मस्यौ७. बजेट रकमान्तर सम्बन्धमा ।
८. प्रोत्साहन भता कटौती सम्बन्धमा ।
९. सशर्त अनुदान तथा कार्यक्रम अन्तर्गत कार्यरत करार कर्मचारीहरुको सुविधा सम्बन्धमा ।
१०. नगर कार्यपालिकाको मिति २०८०/०९/०४ गतेको निर्णय अनुमोदनको लागि नगर सभा पेश गर्न सम्बन्धमा ।
११. गरिवनाथ महादेवको मुर्ति निर्माणको लागि कालीगण्डकी नदीबाट शालीग्राम पत्थर ल्याउने सम्बन्धमा ।
१२. समनपुर स्वास्थय चौकी भवन जिर्नोद्वार गर्ने सहित १२ मस्यौदा दफावार छलफल पश्चात सर्वसम्मत पास भएको हो ।



नयाँ प्रमुख प्रशासकीय अधिकृत यादब आएपछी यो कार्यको थालनी भएको कार्यपालिका सदस्यहरुको भनाई छ । मिडिया व्यवस्थापन र डिपिआरको नाममा केही बिचौलिया र पुराना कर्मचारीले गरेको पालिकाको बजेट दोहनका कारण मेयर आफै अनभिग्य रहेको अवस्थामा नयाँ कार्यालय प्रमुखले केही परिवर्तन ल्याउनेमा नगरप्रमुख ढुक्क देखिन्छन । नगरसभामा जनप्रतिनिधि, नागरिक समाज , सञ्चारकर्मी, कर्मचारी प्रशासन लगाएको सहभागिता रहेको थियो।