प्राइम खबर संबाददाता | माघ २२, २०८० सोमबार

पछिल्लो केही समय देखि रौतहटको गरुडा नगरपालिकमा लगाईएकाे ताला खुलेको छ।


 गरुडा नगरपालिकामा करिब एक महिना देखि लागेको ताल्चा नगरपालिकाकि उपप्रमुख पुनम चौधरीले सोमबार खुला गरेकी हुन। 



आन्तरिक विषयलाई लिएर पछिल्लो एक महिना देखि  आंदोलनरत रहेका पक्ष र नगर प्रमुख बिच  छलफल हुदा ताल्चा खाेलिएकाे हाे ।  



आपसी सहमती अनुसार सोमबार नै नगर उप-प्रमुख पुनम चौधरीले गरुडा नगर प्रमुख कन्थमनी प्रसाद कलवार मधेश प्रदेश सांसद मा. केशव राय चौधरी, जिल्ला सभापति राम अयोध्या राय, निर्वाचित वडा अध्यक्ष, कार्यपालिका सदस्य, निर्वाचित जनप्रतिनिधि, राजनीतिकर्मी,सुरक्षा निकाय र सञ्चारकर्मीको रोहवरमा ताल्चा खोलेकी हुन। 

साथै भोलि देखि नगरपालिका प्रसाशन संचालन हुने नगरपालिकाका प्रमुख कन्थमनी प्रसाद जैसवालले बताए।