प्राइम खबर संबाददाता | फागुन ५, २०८० शनिबार

रौतहट स्थित चन्द्रपुर नगरपालिकाको  १२ औ नगर सभा अर्थात हिउँदे अधिवेशन सम्पन्न भएको छ । शनिबार नगर सभाको उदघाटन गर्दै प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले नागरिकको आबश्यक्ता र जनजिबिकाको पक्षमा नगरसभा केन्द्रित हुनेमा बिश्वास लिएको बताएका छन्। नगरपालिकाको बजेटमा रहेर निर्माण सम्पन्न भएपछि भुक्तानी सहज रूपमा हुनेगरी  जप्रतिनिधिहरुलाई बजेटको आकार बनाउन आग्रह गरेका छन् । कम गुणस्तरको काम र योजनाको काम पूर्णरूपले  सम्पन्न नभई भुक्तानी नगर्न प्रमुख अतिथि तिमल्सिनाले अग्रह गरेका छन् । कार्यक्रममा बोल्दै नागरिकको सेबकको रुपमा काम गर्न सबै वडाका जनप्रतिनिधिहरु लाई उनले आग्रह समेत गरेका थिए । देशभरमै उत्कृष्ट नगरपालिका बनाउने गरी सभाले नीति बनाउनेमा आफू बिश्वस्त रहेको  बताए । चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरीले नगरको बिकासमा स्वास्थ्य, शिक्षा, पशु, कृषि, सहकारी क्षेत्र लाई समेटदै जनमुखी कार्यक्रम ल्याइएको बताउनु भयो । सभाले १ अर्ब ४९ करोड ४७  लाख २१ हजार ७ सय ७९ को शंसोधित खर्च पेश गरेको छ । सभाले योजना कार्यक्रम बजेट र कानुन समेत पारित गरेको छ । सभाका अध्यक्ष नगरप्रमुख संजय कुमार काफलेले नगरले बिकासको गति लिईरहेको र गौरबका योजनाका साथै दुरगामी नीति लिएर अघि बढदै गईरहेको बताएका छन्। नगरसभामा ५ वटा महत्वपूर्ण बुँदाहरू प्रस्तावको रूपमा पेश गरुलिएको थियो । चन्द्रपुर वडा नम्बर ३ का अध्यक्ष बोध्नाथ देवकोटाले नगरस्तरीय विकास बजेटबाट आफ्नो वडा पछि परेको भन्दै सो वडा लाई छुट्टै गाउँपालिका बनाउने प्रस्ताव नगर सभामा पेश गरेका छन् । नगरसभामा बोल्दै अधिकांश सदस्यहरूले नगरप्रमुख काफ्लेले विकासमुखी कामको उच्च प्रशंसा गरेका थिए । स्वस्थ र शिक्षाको क्षेत्रमा विगतको तुलनामा धेरै परिवर्तन आएको स्मरण गराउँदै नगर प्रमुख काफ्लेले आफ्नो कार्यकालमा चन्द्रपुर नगरपालिकाको विकासमा छुट्टै पहिचान स्थापित गरेर छाड्ने बताए। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनालाई नगर प्रमुख काफ्लेले मायोको चिनो उपहार सहित ढाका टोपी लगाएर सम्मान गरेका थिए।