प्राइम खबर संबाददाता | फागुन १०, २०८० बिहिबार
नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य जन्मजय तिमिल्सिनाले कांग्रेसले सशस्त्र विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताएका छन् ।
बुधबार ललितपुरको गोदावरीमा महासमितिको बैठकमा समूहगत छलफलमा सहभागी हुँदै नेता तिमिल्सिनाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको कांग्रेसले सबै दलहरूलाई मिलाएर लैजानुपर्ने बताए । उनले गठबन्धनको औचित्य पनि यथावत रहेको बताए ।
लुम्बिनी प्रदेश सभामा कांग्रेसका प्रमुख सचेतक समेत रहेका तिमिल्सिनाले आवश्यक्ताअनुसार गठबन्धन गरेर जानुपर्ने बताए । उनले अहिलेको गठबन्धनको बचाउ गरेका छन् ।
कांग्रेसले आवश्यक्ता र औचित्यका आधारमा गठबन्धन गरेर जानुपर्ने उनको भनाइ छ ।