प्राइम खबर संबाददाता | बैशाख ४, २०७८ शनिबार
बुटवलबाट नारायणगढको लागि छुटेको बस पूर्बि नवलपरासीको दाउन्नेमा दुर्घटना भएको छ । दुर्घटनामा परि ३१ जना घाईते भएका छन् भने घाईते मध्य ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बका सुचना अधिकारी डिएसपि दिलिप कुमार गिरिका अनुसरा आज शनिबार जिल्लाको बिनयीत्रिबेणी गाँउपालिका २ दाउन्ने बजारबाट ५० मिटर पूर्बमा उक्त दुर्घटना भएको हो । बुटवलबाट नारायणगढको लागि छुटेको ना ५ ख ७००० नम्बरको बस साझ साढे ५ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस आफै अनियन्त्रित भई सडकबाट सय मिटर तल खसेको थियो ।