न्यूज डेस्क | फागुन २३, २०८० बुधबार
मन्त्रालयको भागभण्डा टुङ्गो लगाउन नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टीहरुले पाउने मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो ।
गठबन्धनमा एमालेबाट शंकर पोखरेल, माओवादी केन्द्रबाट वर्षमान पुन, रास्वपाबाट स्वर्णिम वाग्ले र जसपाबाट राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् । उनीहरुवीच सहमति हुन नसकेका विषयमा शीर्ष नेतृत्वले अन्तिम समझदारी गर्नेछन् । नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।
सोमबार शपथ लिएका मन्त्रीहरू एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डपी अर्याल अहिले बिनाविभागीय छन् ।
यसअघि सोमबार नेकपा एमालेका महासचिव शंकर पोरलेलले गठबन्धनमा अन्य दललाई पनि सहमतिमा ल्याउने प्रयास भएकाले मन्त्रालयको भागभण्डा टुङ्गीनसकेको बताएका थिए ।