न्यूज डेस्क | फागुन २३, २०८० बुधबार

 नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी सचिव जीवनराम श्रेष्ठ जानकारी दिएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष माधव नेपाललाई  उनकै निवासमा पुगेर सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । जवाफमा नेपालले सल्लाह गर्ने बताएका थिए ।  प्रचण्ड ओलीको प्रस्तावमा सकारात्मक रहेका नेपालले आजको बैठक मार्फत सरकारमा सहभागी हुनेबारे निर्णय लिनेछन् ।